आफ्नो दिमागलाई सधैँ तेज राख्न यसो गर्नुस्

ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै जान्छ । त्यसैले कुनै पनि कुराहरु उमेरम सम्झन सक्ने हो त्यती उमेर ढल्किदै गएपछि सम्झना गाह्रो हुदै जान्छ । धेरै कुराहरु हाम्रो दिमागमा रहदैनन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमान पुग्छ । तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायामले यस्तो प्रभावको डटेर लड्छ । व्यायामले विभिन्न बिमारीहरुबाट पनि बचाउदछ । दिमागलाई दिनभरी सक्रिय राख्नुका साथै धेरै रोग लाग्नबाट पनि बचाउछ । त्यसकारण नियमित रुपमा व्यायाम गर्न स्वस्थ्य विज्ञहरु सल्लाह दिन्छन् । चिन्ताबाट टाढा रहनुनै सबैका लागि फाइदाजनक हुन्छ । चिन्ताले हाम्रो शरीरलाई विभिन्न समस्यामा पार्नुका साथै दिमागलाई पनि विमार बनाउँछ । चिन्ता केही हदसम्म पनि राम्रो हुन्छ । जस्तै कुनै काम सफल पार्नका लागि कसरी गर्ने भनेर चिन्ता लिनु स्वभाविकै हो । तर, नचाहिने कुरामा बढी चिन्ता लिँदा दिमागलाई त असर नै गर्छ ।

धेरै सुत्नु र कम सुत्नुले पनि दिमागलाई प्रभाव पार्दछ । मेडिकल रिर्सचका क्रममा यो पत्ता लगाइएको छ की धेरै सुत्नाले पनि तनाव पैदा गरिदिन्छ । यसले तनाव मात्र नभएर दिमागमा पनि असर गर्दछ । यसले डाइविटिज जस्ता गम्भीर विमारहरु हुने सम्भावना पनि बढ्दछ । यसकारण ७ देखी ९ घण्टा नियमित सुत्न स्वस्थ्यविज्ञहरु सुझाव दिन्छन् । धुम्रपानले क्यान्सर जस्ता गम्भीर बिमारहरु निम्त्याउँछ । अधिक धु्म्रपान गर्नाले यसले दिमागको कोशिकाहरुले कामगर्न छोड्छ । दिमागले सोच्ने र सम्झने क्षमतामा ह्रास आउछ । प्रत्यक्ष वा अप्रत्यक्ष दुवैकारणले धुम्रपान दिमागका लागि अत्यन्तै हानिकारक मानिन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *