कोरोना भाइरसको त्रास – कलाकारको यो पालिको होली !

चीनबाट शुरु भएको कोरोना भाइरसका कारण यस वर्षको फागु पूर्णिमा खासै उल्लासमय रहेन । विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो ।

हरेक वर्ष नेपाली फिल्म क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्ने गर्थे । रिलिजका क्रममा रहेका फिल्मले पनि होलीको अवसर पारेर होलीका कार्यक्रमहरु राख्ने गर्थे । यसपटक भने त्यस्तो माहोल देखिएन । कलाकारले खुलेर समूहमा होली आयोजना नगरेपनि केहिले भने आआफ्नै तरिकाले होली मनाएका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *