महिलाहरु श्रृंगारका वस्तु नबनौं – चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापा

चर्चित नायिका तथा राप्रपा (संयुक्त) की सह–महामन्त्री रेखा थापाले महिलाहरु आफ्नो अधिकारको लागि आफैं लड्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ठूला–ठूला समारोह, वा पाँचतारे होटलमा नारी दिवसको कार्यक्रम गरेर मात्रै हुँदैन्, अझैपनि नारीहरु उत्पीडन, दुःख र अन्यायमा छन् । उनीहरुले यो दिवस सेलिव्रेशन नै गर्दैनन् ।’ अधिकार र अवसर कानूनमा पाएपनि अझैपनि व्यवहारमा त्यो लागू नभएको उहाँको गुनासो छ । महिला नेतृहरु कोटा प्रवृत्तिबाट अघि बढ्न नहुने पनि उहाँको तर्क छ । ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले संसदमा भएका महिला नेतृहरुले महिलासम्बन्धीका नीति तथा कार्यक्रम बनाउँदा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला भनेको श्रृंगारको वस्तु होइन, हामी पनि वस्तु बन्न लालायित नहोऔं । अहिलेपनि हाम्रो समाजमा महिला बनाउने तालिम दिइन्छ । म भन्छु अब महिला बन्नको लागि होइन, आत्मनिर्भर बन्नुपर्छ । हामी सह–अस्तित्वमा बाँच्ने कोशिस गरौं ।’ उहाँले अहिलेपनि विश्वव्यापी रुपमा पुरुषहरुको दबदबा रहेको जिकिर गर्नुभयो । उहाँले महिलालाई नेतृत्वमा ल्याउने कुरामा महिलाहरुको नै मुख्य हात रहेको बताउँदै भन्नुभयो, ‘हामी भोट नहालौं न । हामी सधैंभरि दमित भएर नबसौं । च्यालेन्ज गरौं ।’ उहाँले नारीको मन कमजोर बनाउनुपर्ने अवस्था नरहेको जिकिर पनि गर्नुभयो । उहाँले नारीभन्दा पनि मान्छे हौं भन्ने अनुभूति हुनुपर्ने पनि बताउनुभयो । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *