बजारमा अंगुरको सिजन

अहिले बजारमा अंगुरको सिजन छ । खादा रसिलो र स्वादिलो अंगुर स्वाथ्यका दृष्टिकोणले पनि निक्कै उपयोगी मानिन्छ । विभिन्न रोगका लागि अंगुर औषधि समेत बन्छ । कुन रोगका लागि सहयोगी बन्छ त अंगुर ? थोरै चर्चा गरौं –

दम – फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुरले दमको समस्या समाधान गर्न मद्दत गर्छ । मुटु रोग – अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ । माइग्रेनमा – अंगुरको जुस माइग्रेनमा उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ । कब्जियत – अंगुरले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *