अमेरिकन आइडलमा चम्कँदै नेपालका दिवेश, दोस्रो राउण्डको प्रस्तुति आज सोमबार प्रशारण हुने

साङ्गितिक क्षेत्रमा विश्वले नै उत्सकताका साथ हेरिने ‘अमेरिकन आइडल’को अडिसनमा छनोटसँगै नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) प्रति विश्वभर बाटै चासो बढेको छ । अमेरिकी टेलिभिजन च्यानल एबीसीबाट प्रशारण भएको पहिलो शृङ्खलामा नै उहाँ निर्णायकहरूको मन जित्न सफल हुनुभयो र दोस्रो चरणमा पुग्नुभयो । १८औं संस्करणको सो प्रतियोगिताको दोस्रो शृङ्खला अमेरिकी समय आइतबार बेलुका ८ बजे (नेपाली समय सोमबार विहान) प्रशारण हुने छ । नेपाली ठिटो दिवेश अमेरिकन आइडलको अहिलेसम्मकै ठूलो स्टार बन्न सक्ने अनुमान नेपाली सङ्गितकर्मी मात्र नभएर आइडलको निर्णायक मण्डलको पनि छ । अमेरिकन आइडलको निर्णायक केटी पेरीले ट्विटमार्फत दिवेशलाई बधाई दिँदै लेख्नुभएको थियो, म भित्रको प्रकाशले तिमीमा रहेको प्रकाश देख्यो !

यस्तै विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार नै बनाएको थियो ।
अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायकमध्येका लुक ब्रायनलाई उद्धृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्नसक्ने बताएको लेखेको छ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका पुग्नुभएको थियो । आफ्नी दिदीलाई पछ्याउँदै कन्सासको विचिटा आइपुगेका पोखरेलले संगीतलाई गम्भीरतापूर्वक लिन थाल्नुभएको दुई वर्ष मात्र भयो । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आउनुभएको छ । काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि उहाँ अमेरिका जानुभएको थियो । अमेरिका गएको पाँच वर्षभयो ।

अनलाइन अडिसन र विचिटामा अमेरिकन आइडलका छनोटकर्ता सँगको प्रस्तुतिबाट अडिसन पुगेका २१ वर्षीय उहाँले शुरुमा बब डिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’ गीत गाउनुभएको थियो । त्यसपछि क्रिडेन्स क्लियरवाटर रिभाइभ्ड ब्याण्डको ‘ह्याभ यू एभर सीन द रेन’ गीत गाउनुभएका थियो । दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्वमको लोकार्पण गर्नभएको थियो । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाउनुभएको पोखरेलका एक दर्जनजति गीत छन् । नेपाली युवक अमेरिकन आइडलमा पुग्नु नै ठूलो उपलब्धि गएको नेपाली गायक–गायिकाले बताएका छन् । विश्वले हेर्ने रियालिटी सो अमेरिकन आइडलमा पुग्नु आफैंमा ठूलो कुरा भएको नेपाल आइडलका निर्णायकसमेत रहेका गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, त्यहाँ पुगेर पनि निर्णायकको तारिफ पाउनु अझै ठूलो उपलब्धि हो । दिवेश पक्कै पनि अगाडि बढ्ने छन् उहाँ थप्नुहुन्छ, तर त्योभन्दा पनि ठूलो कुरा त उसले विश्वले हेरिरहेको सोमा नेपाली हुँ भन्नभयो । पोखरेलको ओपन भ्वाइस, पावरफुल थ्रो र गीत छनोट हेर्दा कम्तिमा पनि टप टेनसम्म पुग्ने उहाँको दाबी छ । बेलायतबाट सुरु भएको ‘सिङ्गिङ रियालिटी सो’ आइडल अमेरिका पुगेपछि ग्लोबल सो बन्न पुगेको छ । नेपालमा पनि विगत तीन सिजनदेखि नेपाल आइडल चलिरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *