भयो प्रियंलाई बिहेको चटारो, लगाइन् मेहेन्दी

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीबीच फागुन १५ गते विवाह हुँदै छ। उनीहरुको रिसेप्शन पार्टी भने फागुन १६ गते राखिएको जनाइएको छ । विवाहको दुई दिन अगाडि आज (मङ्गलवार) प्रियांकाले मेहेन्दी लगाएकी छिन् । उनले मेहेन्दीका दिन हरियो रङ्गको गाउन लगाएकी छिन् । प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्वीर सार्वजनिक भएको छ । प्रियंका र आयुष्मानको मेहेन्दी कार्यक्रम सकिएपछि आजै बेलुका नै उनीहरु संगीत कार्यक्रममा सहभागी हुने बताइएको छ।

केहि समय अगाडि प्रियंकाले आफ्नो नजिकका साथीलाई लिएर थाइल्याण्डमा ब्याचलर पार्टी मनाएकी थिइन् भने केहि दिन अगाडि आयुष्मानले पनि साथीभाई लिएर पोखरामा ब्याचलर पार्टी मनाएका थिए । उनीहरुले प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचाएका तस्वीरको नक्कल गरेका थिए । आयुष्मानले पनि प्रियंकाको जस्तै नक्कल गरेपछि उक्त तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *