हेलिकाेप्टरमार्फत कालापानी जाँदै रक्षामन्त्री

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल भारतले मिचेकाे कालापानी क्षेत्र अवलाेकनमा जानुहुँदै छ ।

भारतले एकतर्फी रूपमा आफ्नो नक्सामा पारेकाे र विगतदेखि नै विवादित भूमिकाे रूपमा रहेकाे कालापानीमा आज रक्षामन्त्री पाेख्रेल नेपाली सेनाको हेलिकोप्टरमार्फत जान लाग्नुभएकाे हाे ।

दार्चुला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं दार्चुला महोत्सव २०७६ को उद्घाटनमा दार्चुला पुग्नुभएका रक्षामन्त्री पाेखरेल १० जनाको टोली लिएर कालापानी जान लाग्नुभएकाे हो । तर कालापानी क्षेत्रमा रहेको हेलिप्याडमा हिउँ जमेकोले कठिनाइ हुनसक्ने बताइएकाे छ ।

हिजाे महाेत्सव उद्घाटनमा उहाँले पछिल्लो समय कालापानी लिपुलेक र लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राखेपछि नेपाल सरकारले कूटनीति पहल थालेको बताउनुभएकाे थियाे । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त भूभाग नेपालको रहेको भन्दै भारत विरुद्धमा प्रदर्शन र विराेध हुँदै अाएकाे छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *