एमसीसीमा नेकपाको राजनीति – मनस्थिति एकातिर, गतिविधि अर्कोतिर

प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न फोरमबाट आएका अभिव्यक्ति, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका श्रृंखलाबद्ध भनाइ र स्थायी कमिटीको निष्कर्षलाई आधार मान्ने हो भने नेकपा हतार नगरी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउने पक्षमा छ ।

भित्रभित्रै एमसीसी अनुमोदनमा हतार देखिए पनि नेकपा बाहिरबाहिर चाहिँ बढो चलाखीपूर्ण प्रक्रियामा व्यस्त छ। भविष्यमा एमसीसी थप विवादित भयो र यसले केही समस्या निम्तायो भने त्यसबाट जवाफ दिन सजिलो होस् भनेर नेकपाले एमसीसी अनुमोदन अगाडि धेरै प्रक्रिया पुरा गरेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अध्यक्ष दाहालले विभिन्न फोरममा दिएको अभिव्यक्तिले नेकपाको मूल नेतृत्वको एमसीसी अनुमोदनका लागि कति हतारमा छ भन्ने मनस्थिति सहजै बुझ्न सकिन्छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *