श्री पशुपतिनाथको दर्शन गरी हेर्नुहोस् तपाईंको आजको राशिफल – वि.सं. २०७६ फाल्गुन ०५ गते सोमबार

वि.सं. २०७६ फाल्गुन ०५ गते सोमबार तदनुसार ई. सं. २०२० फेब्रुवरी १७ तारिख, परिधावी नामक संवत्सर, शाके :– १९४१, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४०, (सिल्लागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, फाल्गुन कृष्णपक्षको नवमी तिथि, साँझ ०६:५९ बजेसम्म, त्यसपछि दशमी तिथि, अनुराधा नक्षत्र, बिहान ०९:३० बजेसम्म, त्यसपछि ज्येष्ठा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, दिउँसो ०२:२५ बजेसम्म, त्यसपछि हर्षण योग, तैतिल करण, साँझ ०६:५९ बजेसम्म त्यसपछि गर करण, आनन्दादि योग : मानस, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पूर्व, वारशूल : पूर्व, आजको मूहुर्त : शुभविवाह, अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको मूहुर्त : कलशचक्र, ०७ गते : विजया एकादशी व्रत, राष्ट्रिय प्रजातन्त्र दिवस, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), पुराणश्रवण, कलशचक्र, ०८ गते : गुरु प्रदोष व्रत, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), कलशचक्र,

मेष आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः÷ॐ गृहलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । सरकारी कडिकडाउको सिकार भइनेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्नुपर्छ । कुनै समाचारले मन खिन्न हुनसक्छ । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । मनमा कल्पना र भावनाले डेरा जमाउने छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । काममा विघ्नबाधा उपस्थित हुनसक्छन् । आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । मान–सम्मानमा आघात पर्ने देखिन्छ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला । सहयोगीहरू कमै भेटिनेछन् । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बलिराजाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो वा सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ पितृभ्यो नमः÷ॐ भूतानां पतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *