महारामाथि लागेको अभियोगको फैसला सोमबार हुने

पूर्वसभामुख कृष्णबहादुर महारामाथि लागेको अभियोगको फैसला सोमबार (भोलि) मात्रै हुने भएको छ ।

आजै फैसला हुने भनिएको महराबिरूद्धकाे मुद्धामा समय अभाव भएको भन्दै जिल्ला अदालत काठमाडौंले सोमबारका लागि सारेको हाे ।

संसद सचिवालयमै कार्यरत एक कर्मचारीमाथि करणी गरेको अभियोग लागेपछि पक्राउ परेका महरा हाल पुर्पक्षको लागि काठमाडौंस्थित डिल्लीबजार कारागारमा रहेका छन् ।

न्यायाधीश अमरराज पौडेलको इजलासमा महराबिरुद्धको मुद्धामा आज अन्तिम सुनुवाइ भएको थियो।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *