सरकारको दुई बर्ष कार्यकालप्रति काँग्रेसको निचोड – अधिनायकवाद उन्मुख आकांक्षाका कारण सरकार प्रतिकुल मार्गमा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको दुई बर्षे कार्यकाल पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई बर्ष पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै सरकारको उपलब्धि पेश गर्नु भएपछि काँग्रेसले जवाफ दिदै सरकार असफल भएको तर्क अघि सारेको हो ।

आइतबार पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै काँग्रेसले दुई तिहाई बहुमतको पृष्ठभूमि र परिस्थितिको सरकारले दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नविन गतिका साथ कार्य गर्न सक्दथ्यो तर, काम गर्न नसकेको आफ्नो निचोड सुनाएको छ ।

पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले भन्नुभयो ‘सहज समयको सदुपयोग सरकारले परिणामुखी ढंगले विल्कुलै काम गर्न सकेन बरु अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनायो ।’

अनुदार लोकतन्त्रको दिशामा अग्रसर हुने अनि लोकतान्त्रिक प्रकृयाबाटै त आएका हौं भनेर जवाफ फर्काउने कर्मले मात्र लोकतान्त्रिक हुनुको परिभाषालाई पुष्टि नगर्ने बताउँदै शर्माले बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप नभइ कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी ? भन्ने प्रश्न गर्नुभयो ।

उहाँले ओठे जवाफकै प्रष्टीकरण मुलुकले नखोजेको उल्लेख गर्दै सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको पनि प्रष्ट पार्नुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *