रातो टालो गीति कथाको ‘प्रिमियर साे’ सम्पन्न

हुम्ला जिल्लामा ५० वर्षअघिको अन्तरजातीय प्रेमकथामा आधारित रातो टालो नामक गीति कथाको काठमाडौंमा हालै प्रिमियर सो गरियो ।

रातो टालो प्रोडक्सनले निर्माण गरेको गीति कथामा जातीय विभेद, रहनसहन, भेषभुषा, चाडवाड, रीतिरिवाज लगायतलाई देखाइएको छ ।
हुम्लाको छिप्रा, कारङ्ग, रानीवन र दोजामखोलामा छायाङकन गरिएको गीति कथा खस भाषामा तयार पारिएको छ। हुम्लाको सदरमुकाम सिमीकोटदेखि तीन दिन पैदल हिडेपछि दोजाम खोला पुग्न सकिन्छ ।

डाइमण्ड उप्रेतीले निर्देशन गरेको गीति कथामा आश्मा पोखरेलले सहनिर्देशन गरेको छ । शब्द, संगीत, कथा र गायन जगदिश हमालको रहेको छ ।

सूर्यबहादुर शाही, युविना भट्टराई, जगदिश हमाल, शोभा शाही, छिरिङ सोनाम लामा र सदीक्षा रोकायाको अभियन रहेको गीति कथाको छायाङ्कन इतिशा पोखरेल र अविनाश लामाले गर्नु भएको हो ।

छिप्रामा जन्मिएका जगदिश हमालले हुम्लाको वास्तविक तस्वीरलाई धेरैका माझ लैजानका लागि गीति कथा तयार पारेको र प्रिमियर सोबाट धेरै राम्रो रेस्पोन्स पाएको बताउनुभयाे ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *