पूर्वसभामुख महरामाथिकाे अभियाेगमा अन्तिम सुनुवाइ आज

पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज काठमाडाैँ जिल्ला अदालतमा अन्तिम सुनुवाइ हुँदै छ ।

संसद सचिवालयकै एक कर्मचारीमाथि जबरजस्ती करणीकाे अभियोग खेपिरहेका महराविरुद्धको मुद्दामा जिल्ला अदालत, काठमाडौंमा आज अन्तिम बहस सुरु भएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महरामाथिको अन्तिम सुनुवाइ सुरु भएको जनाइएको छ । बहस आजै सकिएमा बेलुकासम्म सुनुवाइ पनि सकिने अदालत स्रोतले जनाएको छ ।

जबरजस्ती करणी उद्याेगमा उनीमाथि जिल्ला अदालत काठमाडाैँमा गत कार्तिक १४ गते मुद्दा दर्ता भएकाे थियाे । महरामाथिकाे प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडाैँले कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएकाे थियाे । साे आदेशविरूद्ध महरा उच्च अदालत गएका थिए । तर उच्च अदालत, पाटनले पनि गत पुस ३ गते सुनुवाइ गर्दै जिल्ला अदालतको थुनामा राख्ने आदेश नै सदर गरेको थियो ।

संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी प्रयास गरेको अभियाेगमा महरालाइ गत असोज १९ मा पक्राउ गरिएकाे थियाे । त्यसअघि असोज १२ गते आइतबार अपरान्ह चार बजे महरा बा २० च ५७११ नम्बरको ‘सिल्भर कलर’को स्कारपियो गाडीमा साँझ ६ बजेर ७ मिनेटमा राेशनी भनिने ती कर्मचारीकाे निजी डेरामा पुगेका थिए, साेही दिन घटना भएकाे भन्दै उजुरी प्रहरीमा पुगेकाे थियाे ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *