आफ्नो दुई वर्षे कार्यकाल सफल रहेको मुख्यमन्त्री राउतको दाबी

दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विभिन्न अवरोधबीच प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफल रहेको दाबी गर्नुभएको छ ।

प्रदेश दुई सरकारको दुई वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले आफ्नो दुई वर्षे कार्यकाल सफल रहेको दाबी गर्नुभएको हो ।

संघीयतालाई असफल पार्ने तत्वहरु सक्रिय रहेको समयमा प्रदेश सरकार संघीयता संस्थागत गर्नतर्फ अगाडि बढिरहेकाले आफ्नो नेतृत्वको सरकार सफल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको तर्फबाट असहयोग भइरहेको छ । प्रदेशका अधिकारहरु कटौती गरिदैछ । त्यसविरुद्ध हामीले आवाज उठाइरहेका छौँ ।’

प्रदेश दुई सफल भए मात्रै संघीयताको रक्षा हुने बताउँदै मुख्यमन्त्री राउतले संघीयता संस्थागत गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले भन्नुभयो, ‘यो जनताको मत तथा मधेश आन्दोलनको म्याण्डेटबाट तत्कालीन संघीय समाजवादी पार्टी र राजपाको सहमति बनेको मधेशी जनताको सरकार हो ।’

प्रदेशमा उपभोक्ताहरुले गरेका कामको छिट्टै भुक्तानी हुने उहाँले जानकारी दिनुभयो । जसको लागि प्रदेशसभा तथा मन्त्री परिषदबाट भुक्तानी गर्न निर्णय भइसकेको बताउनुभयो ।

त्यस्तै उहाँले प्रदेशको राजधानीको विषयमा लगभग सहमति भइसकेको र प्रदेशको नाम मधेश नै हुने दाबी गर्नुभयो । उहाँले प्रदेशको नाम ‘मधेश प्रदेश’ हुनेमा कुनै शंका नगर्न आग्रह पनि गर्नुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *