‘कबड्डी’ की रिश्मा(मैयाँ) ले कसिन् प्रेमी सन्दिपसँग लगनगाँठो

अभिनेत्री रिश्मा गुरुङ (मैयाँ) प्रेमी सन्दिप गुरुङसँग बैबाहिक जीवनमा बाँधिएकी छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्माले सन्दिपसँग शुक्रबार पोखरामा लगनगाँठो कसेकी हुन् । दुलहा र दुलही पक्षका परिवारको उपस्थितिमा उनीहरुको विवाह सम्पन्न भएको बताइएको छ ।

रिश्माले ‘कबड्डी’ को दुई सिरिजमा प्रमुख भूमिका निर्वाहा गरेकी थिइन् । ‘कबड्डी’ को तेस्रो सिरिजमा भने उनले सानो भूमिका मात्र निभाएकी थिइन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *