शहीद स्मारक लिग – उपाधिका लागि आर्मी र मच्छिन्द्रबीचकाे खेल हुँदै

शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीचको खेल सुरु भएको छ । उपाधिका लागि दुवै टोलीबीचको खेल अहिले दशरथ रङ्गशालामा भइरहेको छ । दुवै टोली पहिलोपटक उपाधि जित्ने होडमा छन् ।

आर्मी लिग तालिकाको शीर्षस्थानमा छ । मच्छिन्द्र दोस्रो स्थानमा छ । आर्मीले १२ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा एकमा बराबरी खेल्दै २९ अङ्क जोडेको छ ।

मच्छिन्द्रले हालसम्म खेलेका १२ खेलमध्ये नौमा जित, दुईमा हार तथा एकमा बराबरीका साथ २८ अङ्क जोडेको छ । अघिल्लो संस्करणमा पुच्छारबाट दोस्रो स्थानमा रहेका कारण मच्छिन्द्रको एक अङ्क घटाइएको हो ।

आर्मीलाई उपाधि जित्न आज मच्छिन्द्रसित बराबरी खेले पुग्छ भने मच्छिन्द्रलाई उपाधि चुम्न आजको खेल अनिवार्य जित्नुपर्ने अवस्था छ । मच्छिन्द्र उपाधि होडमा पहिलोपटक सामेल भएको हो । आर्मीले विसं २०६३ को लिगमा नेपाल पुलिस क्लबसित पराजित भई उपविजेतामै चित्त बुझाउन बाध्य भएको थियो ।

आर्मीका प्रशिक्षक नवीन न्यौपाने र यता मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले उपाधि आ–आफ्नो टोलीले जित्ने दाबी गरेका छन् । उपाधिका लागि मच्छिन्द्रभन्दा आर्मी सहज अवस्थामा छ । शहीद स्मारक लिग गत मङ्सिर २७ गतेदेखि शुरु भएको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *