प्रधानमन्त्रीलाई सांसदको प्रश्न – सीमा विवादबारे प्रधानमन्त्री स्तरीय वार्ता कहिले हुन्छ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद दिलेन्द्र प्रसाद बडुले कालापानीको सीमा विवादबारे भारतसँग प्रधानमन्त्री स्तरीय वार्ता कहिले शुरू हुन्छ भनेर प्रश्न गर्नुभएकाे छ । सरकारको नेतृत्व सम्हालेको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सम्बाेधनपछिको प्रश्नोत्तरका क्रममा उहाँले साे प्रश्न राख्नुभएके हाे ।

प्रधानमन्त्री ओलीले सिमा विवादबारे एक लाइन मात्रै खर्चिनुभएको बताउँदै उहाँले प्रश्न गर्नुभयाे- कालापानी र सुस्ता सम्बन्धमा प्रधानमन्त्री स्तरीय वार्ता कहिले शुरु हुन्छ ? कालापानी, लिपुलेख र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा कहिले जारी हुन्छ ? तिंकर सडक कहिले पूरा हुन्छ ?’

उहाँले अहिलेसम्म पनि कालापानी क्षेत्रमा सुरुक्षा चैकीहरु स्थापना नएकाे भन्दै प्रश्न पर्नुभयाे- कालापानी क्षेत्रमा सुरुक्षा चैकीहरु कहिलेसम्म स्थापना हुन्छ ? तिंकर सडक कहिले पूरा हुन्छ ?’

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *