सेनामा राजीनामा दिने बढे

नेपाली सेनाका उच्च तहका अधिकारीहरुले राजीनामा दिने क्रम बढेको छ। सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनेदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहहरुले राजीनामा दिएका छन् ।

रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरुको राजीनामा जंगी अड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक भएको छ ।

राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन् ।

तथ्यांक अनुसार साउनमा चार, भदौ र असोजमा एकएक, कात्तिकमा १७, मंसिरमा १६, पुसमिा १० जना सेनाका उच्च अधिकारीहरुले राजीनामा दिएका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *