घुम्न जाऔँ कुपिण्डे ताल

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सल्यानको कुपिण्डे तालमा कुपिण्डे महोत्सव सञ्चालन गरिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाको आयोजनामा ‘घुम्न जाऔँ कुपिण्डे ताल’ भन्ने मूल नारा दिएर महोत्सव संचालन गरिएको हो । सो महोत्सलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डुंगा चढेर उद्घाटन गनुृभयो ।

सो क्रममा मुख्यमन्त्री शाहीले कुपिण्डे तालको विकास र संरक्षणमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । पर्यटकीय क्षेत्रसम्म जोड्ने सडक स्तरोन्नतिसँगै तालको दीगो विकासमा प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै वातावरणीय संरक्षणका लागि पहल हुने बताउनुुभयो ।
कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले कुपिण्डे ताल कर्णाली प्रदेश राजधानी सुर्खेत नजिक भएकाले पनि ओझेलमा परेको भन्दै यसको व्यापक प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेत कुपिण्डे तालको संरक्षणका लागि आसपासका क्षेत्रमा भइरहेको विकास निर्माणलाई वातावारण् मैत्री बनाउनु पर्ने सुझाव दिनुभयो ।

त्यसैगरी, कर्णाली प्रदेशसभा सांसद गुलाबजंग शाह, प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेल, जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टलगायतले कुपिण्डे तालको संरक्षणका लागि तीनै तहका सरकारले तत्कालै काम थाल्नुपर्नेमा जोड दिनुभयो ।

महोत्सवमा पाहुनालाई स्थानीय अर्गानिक कोदाको रोटी, सिस्नोलगायतका परिकार खुवाइएको थियो भने बनगाडी टप्पा, लहरे, पैंसेरुलगायतका विभिन्न साँस्कृतिक भाँकीहरु प्रस्तुत गरिएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *