युलिया वन्तुरसँग ‘भ्यालेन्टाइन-डे’ सेलिब्रेट गर्दै सलमान खान !

सुपरस्टार सलमान खानले यो वर्षको ‘भ्यालेन्टाइन–डे’ आफ्नो कथित गर्लफ्रेण्ड युलिया वन्तुरसँग मनाउने भएका छन् ।

रिपोर्टका अनुसार सलमान खानले भ्यालेन्टाइन–डे’को अवसरमा एक पार्टी होस्ट गर्नेछन्, जहाँ उनले आफ्नो उगर्लफ्रेण्ड युलिया वन्तुरलाई भ्यालेन्टाइन थिम डिनर दिनेछन् । यो पार्टी सलमानले आफ्नै घरमा गर्दैछन् ।

यस पार्टीमा सलमान खानका नजिकका सबै उपस्थित हुनेछन् । त्यस्तै सलमानको पूरै परिवार पनि सामेल हुनेछन् ।

केही दिन पहिले सलमान खानको एक भिडियो भाइरल बनेको थियो, जहाँ उनका कथित गर्लफ्रेण्ड युलिया वन्तुर, मलाइका आरोडा र अरबाज खानका छोरा अरहान खानले मध्य राति साइकल राइड गरिरहेका थिए । सलमानको उक्त स्पोर्टी अन्दाजलाई सबैले रुचाएका थिए ।

सलमानको ब्लकबस्टर फिल्म ‘भारत’पछि ‘दबंग-३’ दर्शकमाझ रिलिजमा आएको थियो । ‘दबंग-३’ले भने ठीक-ठाक कमाई गरेको थियो ।

अहिले सलमान खानको हात दुई/दुई वटा फिल्म ‘राधे’ र ‘कभी ईद कभी दिवाली’ रहेको छ । ‘राधे’ फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन् । यो फिल्ममा अभिनेत्री दीशा पटानी पनि मुख्य भूमिकामा छन् ।

त्यस्तै अर्को फिल्म ‘कभी ईद कभी दिवाली’मा अभिनेत्री पूजा हेग्डे पनि मुख्य भूमिकामा हुनेछन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *