कुवेतको अल-मुतलामा बालुवाको थुप्रोले पुरिएर ४ नेपाली कामदारको मृत्यु

कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएकोे छ । घटनामा अन्य ३ जना घाइतेसमेत भएका छन् ।

कुवेतको अरबटाइम्स अनलाइनका अनुसार दुर्घटनामा परेका अन्य ३ कामदारको अवस्था अझै थाहा हुन सकेको छैन । त्यहाँ उद्दार कार्य जारी छ । तत्काल ७ जनालाई उद्दार गरिएकामा ४ जनाको घटनास्थलमै मृत्यु भइसकेको जनाइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार चिनियाँ कम्पनीका कार्यरत कामदारहरू भवन निर्माणस्थलको खाल्डोमा बसेर काम गरिरहेका बेला माथिबाट बालुवाको ढिस्को खसेर पुरेको उल्लेख छ ।

कामदार पुरिएको जानकारीलगत्तै २० वटा एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू घटनास्थल पुगेका थिए । घाइतेहरूको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको छ । घाइतेहरू कुन देशका हुन् भन्ने खुलेको छैन । सार्वजनिक निर्माणमन्त्री डा. राना अल फारिसले घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न आदेश दिएकी छन् ।

नेपाली मृत्यु भएको विषयमा जानकारी लिइरहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *