श्रीमानकै अगाडी बलात्कार गर्ने १२ वर्षपछि समातिए

पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन्। घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका-११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए। उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ।

पीडितले ढिलै भए पनि न्याय पाउने सम्भावना बढेको बताएका छन्। ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे’, पीडित दम्पतीले भने।

सुनसरीको इनरुवामा मजदुरी गरेर दसैं मनाउन २०६४ असोज २९ गते राति हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि आक्रमण गरेका थिए। दुवैजनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए भने साथमा रहेको १० हजार रुपैयाँ लुटेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *