उत्तर अमेरिकाको लागि ‘प्रेमगीत–३’को थिएटर राइट्स ५० लाखमा बिक्री

बर्षकै बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को उत्तर अमेरिकाको लागि प्रदर्शन अधिकार बेचिएको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार उत्तर अमेरिकाको प्रदर्शन अधिकार ग्लोबल अवार्डका अध्यक्ष नवराज श्रेष्ठले ४५ हजार अमेरिकी डलर (करीब ५० लाख नेपाली रुपैया) मा खरिद गरेका हुन् ।

निर्माता÷निर्देशक सेनले भने, ‘आसुसेन प्रोडक्सनले फिल्म ‘प्रेमगीत–३’को उत्तर अमेरिकाको थिएटर राइट्सको भव्य रकममा सम्झौता गरेको छ । उत्तर अमेरिकाका दर्शकहरुमाझ अब ग्लोबल अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रस्तुत गर्ने भएका छन् । उनले ४९,९९,९९९ रुपैयाँको मोटो रकम खर्चेर सो राइट्स खरिद गरेका हुन् ।’

अहिले देश÷विदेशमा फिल्म ‘प्रेमगीत–३’ को माग बढ्दै गएको छ । विदेशमा रहेका दर्शकहरुले आफ्नो स्वदेशी फिल्मको स्तर बढेको हेर्ने चाहना राख्ने भएकाले पनि निर्देशकद्वय छेतेन गुरुङ्ग र सन्तोष सेनको ‘प्रेमगीत–३’लाई विदेशमा रहेका नेपाली दर्शकहरुले रुचाउने पूर्वानुमान गर्न सकिन्छ ।

उत्तर अमेरिकाका दर्शकहरुले पनि यो फिल्मलाई चैत २८ गतेदेखिनै ठूलो हेर्न पाउने भएका छन् । थुप्रै चुनौतीहरु पार गर्दै ‘प्रेमगीत–३’ को छायाङ्कन सकाएर अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको निर्माता सेनले जानकारी गराएका छन् ।

केही दिन अगाडि मात्रै सार्वजनिक गरिएको फिल्मको पहिलो गीत ‘हात्ती ढुङ्गामा’ले छोटो समयमै लोकप्रियता पाएको छ । यो समाचार तयार गर्दासम्म गीतको भिडियोलाई करीब १९ लाख पटक हेरिएको छ ।

त्यसोत, निर्माण पक्षले यसै गीतको ‘हा… हु…’ भिडियो च्यालेञ्जको घोषणा गरेसँगै दर्शकहरुले उत्साह जनक सहभागिता जनाइरहेका छन् ।

नयाँ वर्षको अवसरमा चैत २८ गतेबाट सम्पूर्ण दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापालगाएत मुख्य भूमिकामा छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *