पोल्ट्री तथा मासु व्यवसायी संघद्वारा प्रशासनमा ध्यानाकर्षण

पोल्ट्री तथा मासु व्यवसायी संघ इनरुवाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा ध्यानाकर्षण पत्र बुझाएको छ । व्यवसायी संघले मासु स्वस्थता र आधिकृत भारतीय ब्रोइलर कुखुरा नियन्त्रण सहितका आफनो माग राखेर जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

संघले भारतीय कुखुरा ,चल्ला र अण्डा सँग प्रतिस्पर्धा गर्न नेपाली कृषकहरु सक्षम नभएको मौकामा भारतीय व्यवसायी तथा केही सीमा तस्करमा लागेकाहरुले पारीबाट ल्याउने अण्डा, मासु , चल्ला र जिउँदो ब्रोइलर कुखुराले मासुमा स्वस्थ्यता जोखिम , बडर्फलुको सम्भावना समेतलाई मध्यनजर गरी रोक्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष कुल बहादुर कुँवरले जानकारी दिएका छन् ।

कुवँरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा खुल्ला सीमानाका कारण भारतबाट नेपाल भित्रिने गरेको अवैध कुखुरा, अण्डा र तयारी मासुले बर्डफलु रोग फैलाउने भएको हुदाँ नियन्त्रणका लागि ध्यानदिनुपर्ने उल्लेख गरिएको छ । व्यवसायिक हित भन्दा माथि उठेर देशमा संक्रामक रोग भित्रिने गरेको र व्यवसाय धरापमा परेकोले यस माथि निगरानी बढाउन आग्रह समेत गर्दै जिल्ला प्रशासनमा ध्यानाकर्र्षण गराएको पोल्ट्री तथा मासु व्यवसायी संघ इनरुवाका अध्यक्ष कुल बहादुर कुवँरले बताउनुभयो ।

त्यसैगरी ध्यानाकर्षण पत्रमा भारतीय कुखुरा विश्व बजारमा प्रतिवन्धित भए पश्चात नेपालमा खुल्ला सीमानाको फाइदा उठाएकोले रोगको संक्रमण फैलिने भएका हुदाँ समयमा सचेत गराउन आवश्यक रहेको उल्लेख गरेको छ । भारतीय अवैध कुखुरा भित्रिने भएको हुदाँ व्यवसायबाट नै पलायन हुने र धरापमा पर्ने भएको अध्यक्ष कुवँरले बताएका छन् । अवैध कार्य गर्ने जो सुकैलाई निरुत्साहित तथा कारवाही गरी एक मात्र आत्मनिर्भर रहेको पोल्ट्री व्यवसाय साथै बर्डफलु जस्तो महामारी रोगबाट देशलाई बचाउन यथासक्दो चाँडो पहलकदमी भुमिका निर्वाह गरिदिन जिल्ला प्रशासन कार्यालय सुनसरीमा पहिलो चरणमा ध्यानाकर्षण गराएको उल्लेख गरिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *