‘आकाश ख्वःगु जिं खना…’ को भिडियो सार्वजनिक!

वरिष्ठ सङ्गीतकार द्वारिकालाल जोशीको चर्चित नेपालभाषाको गीत ‘आकाश ख्वःगु जिं खना…’ (आकाश रोएको मैले देखे) को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जोशीकै छोरी तथा गायिका लसता जोशीले ‘आकाश ख्वःगु जिं खना…’ बोलको गीत पुनः गाउनुभई भिडियो सार्वजनिक गर्नुभएको हो । गायिका जोशीको स्वर रहेको उक्त गीत युट्युव मार्फत स्रोतामाझ ल्याइएको हो ।

धेरै पुरानो गीतमा जनकवि दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतमा द्वारिकालाल जोशीको सङ्गीत रहेको छ भने रपना परियारले गाउनुभएको छ ।

गायिका जोशीले भन्नुभयो, ‘सानैदेखि सोही गीत गाउने गथ्र्यो । यो मेरा लागि धेरै महìव भएको गीत भएकोले यसको कभर सङ निकालेको हो । यो मेरो बुवाप्रतिको सम्मानस्वरुप पुन एकपटक सार्वजनिक गरेको हुँ ।’ जोशीले नेपाल तथा नेपालभाषाको सय भन्दा बढी गीत गाइसक्नुभएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *