कोरियन फिल्म ‘प्यारासाइट’ले ओस्कार अवार्ड जित्दै इतिहास रच्याे

दक्षिण कोरियाली सिनेमा ‘प्यारासाइट’ यस वर्षको ओस्कार अवार्ड जितेको छ । ‘प्यारासाइट’ गैर–अंग्रेजी भाषामा ओस्कार जित्ने पहिलो चलचित्र बनेको छ । ओस्कारको ९२ संस्करणको इतिहासमा कुनै पनि विदेशी भाषाको सिनेमाले उत्कृष्ट सिनेमाको ओस्कार जितेको छैन।

अमेरिकामा भर्खरै सम्पन्न ९२ औं ओस्कारमा ‘प्यारासाइट’ ले ‘जोकर’ ‘द आइरिसम्यान’, ‘१९१७’, ‘वान्स अपन अ टाइम’, ‘फोर्ड भर्सेज फरारी’, ‘जोजो र्याबिट’, ‘लिटल उमन’ र ‘म्यारिज स्टोरी’लाई पछि पार्दै उत्कृष्ट सिनेमाको अवार्ड जितेको हो ।

प्यारासाइटले चार वटा विधामा अवार्ड जितेको छ । यस चलचित्रका निर्देशक बोङ जोन होले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । यस्तै बेस्ट ओरिजिनल स्क्रिन प्ले पनि प्यारासाइट नै घोषित भएको छ । ओस्कारमा ‘जोकर’ उत्कृष्ट सिनेमा, निर्देशन तथा अभिनेतासहित ११ विधामा मनोनयनमा परेको थियो।

हाल अमेरिकामा जारी एकेडेमी अवार्डमा ओस्कारमा हलिउड अभिनेता ब्राड पिटले जितेका छन् । उनले यो अवार्ड पहिलो पटक प्राप्त गरेका हुन् । जोकरका अभिनेता जोयाक्विन फिनिक्सले ओस्कार जितेका छन् ।

जुडीका लागि अभिनेत्री रेनी जेल्वेगरले अवार्ड जितेकी छन् । ब्राड पिट र लौरा डर्नले क्रमशः वान्स ओपन अ टाइम इन हलिउड र म्यारिज स्टोरीबाट सहअभिनेता–अभिनेत्रीको अवार्ड जितेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *