अजय देवगनको ‘मैदान’मा कीर्तिलाई प्रियामणिले रिप्लेस गरिन्

अजय देवगनको आगामी फिल्म ‘मैदान’ हो । ‘मैदान’ भारतीय फुटबल टिमको कोच सइद अब्दुल रहिमको जीवनीमा आधारित फिल्म हो ।

यस फिल्मको मुख्य अभिनेत्रीको रुपमा साउथ अभिनेत्री कीर्ति सुरेशलाई फाइनल गरिएको थियो, तर पछिल्लो जानकारी अनुसार कीर्ति सुरेशलाई अर्की अभिनेत्री प्रियामणिले रिप्लेस गरिदिएकी छन् ।

रिपोर्टका अनुसार ‘मैदान’ फिल्मको लागि नेशनल अवार्ड विनिङ अभिनेत्री प्रियामणिले कीर्ति सुरेशलाई रिप्लेस गरेकी हुन् । अभिनेत्री प्रियामणि साउथ फिल्मका साथै वेब शो ‘द फ्यामिली म्यान’ पनि आइसकेकी छन् । जहाँ उनलाई मनोज बाजपेयीको अपोजिटमा कास्ट गरिएको थियो ।

पछिल्लो समय अजय देवगनको फिल्म ‘मैदान’मा उनको कास्टिङको विषयमा आधिकारिक भनाइ भने आएको छैन । ‘मैदान’ फिल्मसँगै प्रियामणि कंगना रनौतको फिल्म ‘थलाइवी’ मा पनि देखिदैछन् । यो फिल्ममा उनी शसिकलाको भूमिकामा देखिदैछन् । साथै उनी भनुष स्टारर् ‘असुरन’को तेलेगु रिमेकमा पनि देखिदैछन् ।

यता अभिनेता अजय देवगन र कीर्ति सुरेशको नयाँ पेयरिङलाई लिएर फ्यानहरु निकै उत्साहित थिए । तर, मिति नमिलेकै कारण उनीहरुको अनस्क्रिन जोडी बन्न पाएन ।

अभिनेत्री प्रियमणिको लागि ‘मैदान’ पहिलो हिन्दी फिल्म हो । यसै फिल्ममार्फत उनले बलिउडमा डेब्यु गर्न लागेकी हुन् । मैदानलाई अमित शर्माले एक्शन–कट गर्दैछन् । फिल्मलाई २७ नोभेम्बर २०२० मा दर्शकमाझ रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *