बजार – फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । शनिबारको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शनिबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो ।

आइतवार तेजावी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *