लजालु ‘किड क्विन’

लजालु स्वभावको रशु पन्त आफ्नो प्रतिभा देखाउन भने जहिल्यै अग्रसर हुनुहुन्छ । पियानो बजाएर विभिन्न धुनबाट सबैलाई मन्त्रमुग्ध गर्न सक्ने पन्त ‘मिस किड क्विन २०१९’ को शीर्ष उपाधि विजेता हुनुहुन्छ ।

मिस फोटोजेनिक उपाधिसमेत आफ्नो नाममा पार्न सफल पन्तले भरत नाट्यमबाट पनि विभिन्न पुरस्कार जित्नु भइसकेको छ । नेपाली, नेपाल भाषा, अङ्ग्रेजी गीतको धुन पियानोमा उतार्न सिपालु उहाँ नृत्यमा पनि उत्तिकै पोख्त हुनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘‘मलाई सानैदेखि गीत गाउन र नृत्यमा रुचि छ । यस्तो सौन्दर्य प्रतियोगितामा पनि मन भएको यस प्रकारको कार्यक्रम धेरै आवश्यक रहेको छ ।’’

यस प्रकारको प्रतियोगिताले मानिसमा आत्मविश्वास बढाउनुको साथै समाजमा कसरी बोल्ने भन्ने कुरा सिकाउँछ । भविष्यमा एक सफल चिकित्सक बन्ने सपना बोक्नुभएका उहाँको सामाजिक अभियन्ता बन्ने योजना पनि छ । रशु थप्नुहुन्छ, ‘‘मेरी आमाले गर्नुभएको सामाजिक कार्यबाट निकै प्रभावित भएका कारण यसमै मेरो जीवन बिताउन चाहन्छु ।’’

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *