ला लिगा – रियल मड्रिड शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेभिल्लालाई २-१ गोल अन्तरले पारजित गर्दै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

आफ्नै घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउनको लागि कासेमिरो एक्लैले २ गोल गरे भने सेभिल्लाको लागि डे जोङले एक गाेल गरे ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सेभिल्लाका खेलाडी डे जोङले हेडिङमार्फत गोल गरे पनि भिएआरले रद्द गरेको थियो ।

दोस्रो खेलमा रियलले दुई गोल गरे भने सेभिल्लाले एक गोल गर्यो । खेलको ५७औं मिनेटमा कासेमिरोले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका जोभिकको पासमा गोल गरेका थिए ।

तर रियलको उक्त अग्रता धेरैबेर टिक्न सकेन । रियलले गोल गरेको सात मिनेटमै
डे जोङले गोल गर्दै खेल बाराबरीमा ल्याए ।

सेभिल्लाले खेल बाराबरीमा ल्याएलगत्तै कासेमिरोले नै गोल गर्दै रियललाई पुन: २-१ गोलको अग्रता दिलाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल रियलले जित्यो ।

यो जितसँगै २० खेलबाट ४३ अंक जोडेर रियल शीर्ष स्थानमा उक्लिएको छ । रियल भन्दा एक खेल कम खेलेको बार्सिलोनाकले १९ खेलबाट ४० अंक जोडेको छ ।

आज राति बार्सिलोनाले ग्रानाडालाई पराजित गरे रियल पुन दोस्रो स्थानमै झर्नेछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *