अक्षय कुमारको ‘गुड न्यूज’ले चाँडै २०० करोड क्लबमा इन्ट्री गर्दै

बलिउडका खेलाडी अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ले दर्शकमाझ रिलिजमा आएको २२ दिनपछि पनि बक्स अफिसमा राम्रो कलेक्शन गरिरहेको छ ।

‘गुड न्यूज’ रिलिजमा आएको २२ औं दिन (शुक्रबार) पनि दुई करोड भन्दा बढीको व्यापार गरेको छ ।

यस हिसाबले ‘गुड न्यूज’को बक्स अफिस कलेक्शन करीब २०० करोड क्लबमा पुग्न लागेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार अहिलेसम्म यस फिल्मले १९७.१० करोडको कमाई गरिसकेको छ । फिल्ममा अक्षय कुमार र करिना कपुरको जोडीलाई निकै रुचाइएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शले सार्वजनिक गरेको जानकारी अनुसार ‘गुड न्यूज’ले पहिलो साता १२७.९० करोडको बक्स अफिस कलेक्शन गरेको छ । त्यस्तै दोस्रो साता ५३.४६ करोड र तेस्रो साता १५.७४ करोडको बक्स अफिस कलेक्शन गरेको छ ।

दीपिका पादुकोणको ‘छपाक’ र अजय देवगनको ‘तानाजी : द अनसंग वारियर’ सँगै रिलिजमा आए पनि अक्षय कुमारको ‘गुड न्यूज’को व्यापारमा भने खासै असर गरेन । अब यो फिल्मले चाँडै २०० करोडको क्लबमा इन्ट्री गर्ने आँकलन गरिएको छ ।

यो फिल्ममा अक्षय कुमारले बरुणको भूमिकालाई कुशलता पूर्वक निभाएका छन् । त्यस्तै अभिनेत्री करिना कपुरले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *