अन्नपूर्ण बेस क्याम्पबाट ६२ पर्यटकको उद्धार

कास्कीको अन्नपूर्ण बेसक्याम्पबाट ६२ पर्यकटकको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार एकसय बढी पर्यटक मध्ये ६२ जनालाइ उद्धार गरेर छोमरोङ ल्याइएको हो । बाँकी केही सम्पर्कमा रहेपनि ७ जना भने अझै बेपत्ता रहेका छन् ।

उनीहरुको खोजिका लागि अहिले पनि हेलिकोप्टर मार्फत खोजी र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।शुक्रबार हिउँको डल्ला खसेर ४ जना कोरियाली र ३ नेपाली गरी ७ जना बेपत्ता भएको प्रहरीको भनाइ छ ।

अहिले उनीहरु पुरिएको स्थान देउराली भन्ने ठाउँमा पुगेर प्रहरी र स्थानीयले हिउँ पन्छाउन थालेका छन्।सम्पर्क विहीन भएकामा कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेका छन् भने हराएका नेपालीहरुमा गाइड सरोज परियार बाहेक अन्य दुईको पहिचान खुलेको छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *