राजेशपायलको तटस्थ स्टाटस – ‘एयरपोर्टमा साहरुख खानलाई त कट्टुमै चेक गरेको थियो…’

गायिका आस्था राउतले सिक्किम कन्सर्टका लागि भद्रपुरतर्फ उड्न लाग्दा विमानस्थलको चेकजाँच गर्ने प्रहरीले आफुमाथि दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ ।

फेसबुक, ट्विटरजस्ता सञ्जालमा कसैले आस्थाको पक्षमा भनाइ व्यक्त गरिरहेका छन् भने कसैले सुरक्षा जाँचमा खटिएकी प्रहरी जवानको पक्षमा आफ्नो भनाइ लेखेको पाइन्छ ।

शुक्रबार प्रहरीले सो विषयको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि गायिका आस्था राउतको गल्ती देखिएको भन्दै राउतलाई गाली गर्नेहरू बाक्लिएका छन् । यद्यपि कतिपयले आफ्नो गल्तीविना नडराउने हक्की स्वभावकी गायिका आस्था भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

यसै विषयमा लोकप्रिय गायक राजेशपायल राईले भने मध्यधारकाे स्टाटस लेखेका छन् । कुनै एयरपाेर्टमा भारतीय कलाकार साहरुख खानलाई भित्री वस्त्र नै चेक गरेकाे प्रसंग जोड्दै कुनै पनि पक्षमा नरही तटस्थ स्टाटस लेखेका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लखेका छन् –

“एयरपोर्टमा साहरुख खानलाई त झन कट्टुमै चेक गरेको थियो । त्यो उस (प्रहरी)काे अधिकार हो । अब रह्यो पुलिसले कस्तो व्यवहार गर्‍यो चेकिङमा कफी, पानी लान पाइदैन इभन वाल्लेट (मनी ब्यग) पनि पाइदैन उनी बहिनी हुन् । राम्री गायिका हुन् । अझ एक रियलिटी सो द भ्वइसकी कोच पनि हुन् । आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ । माया लिनेले घृणा पनि सहनु सक्नु पर्छ, तब न हामी कलाकार, उसै त हामी नाथे कलाकार ।

धेरै रुन्ची नबन, अब तिमी ठुली भइसक्यौ । आस्था र एअरपोर्टमा खटिएका कर्मचारी दुबै सुध्रिन आवस्यक छ’ ।”

गायिका राउतलाइ विमानस्थलमा चेकजाँच गर्दा ज्याकेट खोल्न लगाइएको थियो । तर हातमा कफी बोकेकी उनले हातले ज्याकेट खोल्न अपठ्यारो भएपछि प्रहरीलाई उनले हात खाली नभएकाले ज्याकेटको गोजी मात्रै छाम्नुहोस् भनेर आग्रह गरेको र नमान्दा प्रहरी र राउतबीच केही चर्काचर्की भएको सिसिटिभी फुटेजमा देखिन्छ ।

विमानस्थलमा गायिका आस्थालाइ चेकजाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी समेत दिइसकेकी छन् । शुक्रबार प्रहरी जवान रमिता श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौज र अभद्र व्यवहार भएको भन्दै उजुरी दिएकी हुन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *