दोस्रो शताब्दीमा नै भव्य शहर रहेको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न पुनः सुरु

तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा राख्ने प्रयत्न फेरि सुरु गरिएको छ । भगवान गौतम बुद्धको जीवनको युवावय वितेका तिलौराकोट प्रचार प्रसारको अभाव सदैव ओझेलमा पर्दै आएको छ ।

राजा शुद्धोदनको ऐतिहसिक दरबार रहेको तिलौराकोटको यस अघि गरिएको उत्खननबाट पनि दोसो शताब्दीमा तिलौराकोट भव्य शहर रहेको पुष्टि भएको थियो ।

भगवान गौतम बुद्धको जन्म अघि पनि तिलौराकोट भव्य र सभ्य शहर रहेको पुष्टि भइसकेको छ ।

बुद्ध जीवनीका महत्वपूर्ण अध्यायहरु तिलौराकोटसंग गाँसिए पनि यो अझै पनि धेरैको नजरबाट मात्र नभइ विश्व सम्पदा क्षेत्रबाट पनि अलग रहदै आएको छ । तर यसपटक पुनः थालिएको उत्खननले धेरै प्रमाणहरु जुटाउने अवस्था देखिएको छ ।

पहिला भेटिएका प्रमाणमा थप पुष्टि हुने गरी धेरै प्रमाणहरु थपिदै गर्दा यसपटक तिलौराकोट विश्व सम्पदा सूचीमा समावेश हुने सम्भावना बढेको उत्खननमा समावेश विज्ञहरुको विश्वास छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *