प्रधानमन्त्री ओली र मोदीले भिडियो कन्फ्रेन्समार्फत आईसीपीकाे उद्घाटन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्ने भएका छन् ।

प्रधानमन्त्रीद्वय ओली र मोदीले माघ ७ मा संयुक्त रूपमा आईसीपीको डिजिटल (भिडियो कन्फ्रेन्स) मार्फत उद्घाटन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओली सिंहदरबारको वार रुमबाट र मोदीले दिल्लीबाटै भिडियो कन्फरेन्समा जोडिने तयारी भएको छ ।

उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय सहयोगमा ०७२ सालकाे भूकम्पले क्षतिग्रस्त गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ ।

यसअघि गत सेप्टेम्बर १० मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाकाे भारतीय प्रधानमन्त्री माेदीले दिल्लीबाटै तथा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै भिडियाे कन्फ्रेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *