हराएका पर्यटक खोज्न हेलिकोप्टरबाट रेस्क्यु टोली अन्नपूर्ण बेस क्याम्प

कास्कीकाे अन्नपूर्ण बेस क्याम्प नजिकै हराएका पर्यटक खोज्न हेलिकोप्टरबाट रेस्क्यु टोली त्यतातर्फ लागेको छ ।

शुक्रबार हिउँको डल्ला खसेर ४ जना कोरियाली र ३ नेपाली पथप्रदर्शक बेपत्ता भएको पछिल्लो जानकारी छ । उनीहरू नभेटिएपछ रेस्क्यु टाेली त्यतातर्फ लागेकाे हाे । स्थानीयहरू पनि देउरालीमा पुगेर हिउँ पन्छाउन थालेका छन् ।

सम्पर्कविहीन भएका कोरियाली नागरिकहरु ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन अझै सम्पर्कमा छैनन् । नेपाली गाइड सरोज परियार पनि बेपत्ता छन् । बेपत्ता हुने अन्य २ जनाको पहिचान खुल्न बाँकी छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *