पौडेल समूहले उपस्थित नहुने चेतावनी दिएपछि कांग्रेस बैठक पुष १६ गतेसम्मको लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आगामी पुष १६ गते बस्ने भएको छ । असन्तुष्ट नेता पौडेल समूहले बैठकमा उपस्थित नहुने चेतावनी दिएपछि सभापती शेरबहादुर देउवाले बैठक पौष १६ लागि सारेको हो ।

पौडेल समूहसँग सहमति गर्ने भन्दै पुष ११ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि राम्रोसँग बस्न सकेको थिएन ।

पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन र भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवम् नेविसंघको तदर्थ समिति गठन लगायतका विषयमा पौडेल पक्षको असहमति छ ।

पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिस्कार गर्दै आएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *