भोटेकोसीले थाल्यो व्यावसायिक उत्पादन

२०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि चार वर्षसम्म बन्द रहेको भोटेकोसी जलविद्युत् आयोजनाले पुनः व्यावसायिक उत्पादन थालेको छ । पुनर्निर्माण सकेर १५ दिनको परीक्षण सफल भएपछि सो आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको हो । आयोजनाले गत मङ्सिर २१ गतेबाट परीक्षण उत्पादन थालेको थियो ।

आयोजना भोटेकोसी पावर कम्पनीको स्वामित्वमा रहेको सो आयोजना २०७३ असार २१ गते भोटेकोसीमा आएको बाढीले ठूलो क्षति भएको थियो ।
कम्पनीका महाप्रबन्धक विक्रमरत्न स्थापितले आयोजनाले दैनिक २२ देखि २५ मेगावाट विद्युत् उत्पादन गर्दै आएको जानकारी दिनुभएको छ । सो आयोजनाको पूर्णक्षमता ४५ मेघावाट हो । हिउँदमा भोटेकोसीको पानीको बहाव घट्ने भएका कारण अहिले आधा मात्रै विद्युत् उत्पादन गरिरहेको महाप्रबन्धक स्थापितले बताउनुभएको छ ।

आफ्नै ट्रान्समिसन लाइनमार्फत लामोसाँघुमा रहेको सुनकोसी जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पनि स्थापितले जानकारी दिनुभएको छ । विद्युत् प्राधिकरणले सो हाइड्रोको उपकरण र मेसिन परीक्षण गरी विद्युत् उत्पादन गर्न अनुमति दिएको थियो । चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोले क्षतिग्रस्त आयोजना पुनर्निर्माण गरेको थियो । आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरिएको बताइएको छ । उहाँले पुनर्निर्माणमा कुल सात अर्ब पँुजी लागेको जानकारी दिनुभयो ।

आयोजनालाई २०७१ साउन १७ गतेको जुरे पहिरोले ट्रान्समिसन लाइन बगाएको थियो । सो कारण छ महिना उत्पादन बन्द भएको थियो । सन् २०११ मा विद्युत् खरिद सम्झौता गरी आयोजनाले विद्युत् उत्पादन गर्दै आएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *