लागत अनुसारको मूल्य नपाएको भन्दै चितवनका अण्डा उत्पादक किसान आन्दोलित

लागत अनुसारकोे बजार भाउ नपाएको भन्दै चितवनका अण्डा उत्पादक किसानले सडकमा अण्डा फ्याँकेका छन् ।

मंगलबार अण्डा उत्पादक किसानहरु भरतपुरको चौबिस कोठीमा जम्मा भएर सडकमा अण्डा फालेर बिचौलियाको विरोध गरेका हुन् ।

विचौलीया आफैले अण्डाको मूल्य निर्धारण गरेर अण्डाको मूल्य घटाएपछि यहाँका किसनले सडकमा अण्डा फालेर विरोध जनाएका हुन् । विचौलियाहरुले अण्डा उत्पादक संघले निर्धारण गरेको मुल्य भन्दा कम मूल्यमा अण्डा उठाउन सुरु गरेपछि यहाँका किसानहरु आन्दोलित बन्दै आएका छन् ।

पाँच जना किसानलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा सडकमै अण्डा नष्ट गरेको अण्डा उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालय परिसरबाट चौविस कोठीसम्म नाराबाजी गर्दै -याली समेत निकालेका थिए । उनीहरुले किसान मारा विचौलिया मुर्दाबाद, अण्डा उत्पादक किसान माथिको हस्तक्षेप बन्द गर, देशभरीबाट नियन्त्रणमा परेका किसानहरु तुरुन्त रिहा गर,लगाएतका नारा लगाएका थिए ।

चितवनमा करिब ४ सय जना अण्डा उत्पादक किसान रहेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *