तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट १७ करोड लिटर डिजेल आयो

तीन महिनामा पेट्रोलियम पाइपलाइनबाट झन्डै १७ करोड लिटर डिजेल आयात भएको छ ।

गत भदौ २४ गतेदेखि पाइपलाइनबाट नियमित रुपमा डिजेल आउन थालिसकेको थियो ।

नेपाल आयल निगम अमलेखगन्ज डिपोका अनुसार तीन महिना अवधिमा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेल आयात भएको छ ।

अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवले नियमित रुपमा पाइपलाइनबाट तेल आएकाले बजारमा आपूर्ति व्यवस्था सहज भएको बताए ।

पाइपलाइनबाट तीन महिनामा १६ करोड ७१ लाख ८७ हजार लिटर डिजेलको आयातसँगै ६ करोड रुपैयाँ बचत भएको समाचार आजको कारोबार दैनिकमा छापिएकाे छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *