देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन माग

संसदीय समितिमा सांसदहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने माग राखेका छन् ।

शिक्षा तथा स्वास्थय समितिमा सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव गरेका हुन् । खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफलमा भाग लिंदै सांसदहरुले खेलाडीको सही परिभाषा जरुरी रहको औंल्याएका थिए ।

सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै कोट गरिनुपर्ने र ओलम्पिक कमिटीको छाताभित्र हुने खेलमा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने बताउनुभयो । यस्तै, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा प्रदेशस्तरमा हुने खेलको संयोजन हुनेगरि कुनै स्पष्ट शब्द राख्न समेत सांसदहरुले माग गरेका छन् ।

सांसदहरुको संशोधन प्रस्तावमाथि जवाफ दिँदै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले देशको प्रतिनिधित्व गर्ने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए। केही समयअघि सम्पन्न साग प्रतियोगिताको उदाहरण दिँदै पदक विजेतालाई मात्रै अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन सकिने उनको तर्क थियो ।

बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्ने विषयमा सहमति जुटेको छ । नामको विषयमा सहमति जुटेसँगै अर्को बैठक पुस ४ गतेका लागि आह्वान गरिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *