गीत ‘ओइ सानी’ युट्युबको ट्रेण्डिङमा

गायक टेक बहादुर अधिकारीको नयाँ मौलिक दोहोरी गीत सार्वजनिक भएको छ । गायक टेक बहादुर अधिकारी र गायिका सृजना खत्री हाउडेमायाको सुमधुर स्वरमा सजिएको ‘ओइ सानी’ बोलको म्युजिक भिडियो गएको बिहिवार सार्वजनिक भएको हो ।

यस गत्मिा गायक अधिकारीकै शब्द रहेको छ भने रेशम प्रधानको लय तथा एरेन्ज रहेको छ । यस गीत अहिले ट्रेण्डिङ भित्र पर्न सफल भएको छ । यस अघि परदेशीको दशै, भाइ आयो लिनलाइ, हेर्छु लुकिलुकी जस्ता मौलिक गितहरु ल्याएका टेक बहादुर अधिकारीको यो नया गीत पनि निकै मनपराइएको छ ।

यस गितको भिडियोमा चर्चित हास्यकलाकार सुबोध गौतम र मोडल आयुश्मा कार्किको अभिनय रहेको छ । भिडियोमा युवराज खत्रीको निर्देशन रहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *