त्रिभुवन विमानस्थल अब २१ घण्टानै सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालनका लागि योग्य बनेको छ ।

४५ वर्षपछि भइरहेको धावनमार्ग जीर्णोद्धारको दोस्रो चरणको कामका लागि भदौ दोस्रो सातादेखि दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल अब २१ घण्टानै सञ्चालनका लागि तयार भएको हो । दोस्रो चरणमा रनवे सेन्टरलाइन लाइट फेर्ने काम सकिएको छ ।

विमानस्थल २१ घण्टा सञ्चालन हुदा दैनिक ३ सय ५० हाराहारी आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुने बताइएको छ । यसअघि विमानस्थल ७ घण्टा आंशिक बन्द हुँदाण दैनिक ७० वटासम्म उडान कटौती भएका थिए । यो कुल उडानको २० प्रतिशत हाराहारी हुन आउँछ ।

धावनमार्ग जीर्णोद्धार ग्लोबल टेन्डरबाट छानिएको चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गरेको हो । निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्दैछ ।

धावनमार्ग निर्माणसँगै अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या नहुने बताइएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *