सहिद स्मारक ए डिभिजन लिगमा पनि आज दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

दिउँसाे हुने दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । लिगको तेस्रो खेलमा संकटा र च्यासलबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *