उपचार खर्च तिर्न नसक्दा आमा बन्धक

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीया ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन् ।

उनकी नवजात छोरी कडा कुपोषणले ग्रस्त भइ राजविराजस्थित पोषण पुनस्र्थापना गृहमा उपचाररत छिन् । सरकारले मातृशिशु कार्यक्रम निशुल्क बनाएको छ ।

तामझामका साथ मातृशिशु कार्यक्रमबारे राज्यले प्रचारप्रसार गरिरहेको अवस्था छ । प्रदेश सरकारले पनि छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी बढाऊ’ कार्यक्रमअन्तर्गत बर्सेनि करोडौं खर्च गरिरहेको छ ।

तर पनि एक आमा गरिबीका कारण अस्पतालको बन्धक बन्न बाध्य भएकी छन् भने उनकी नवजात छोरी कुपोषणका कारण जीवन मरणको दोसाधमा छिन् ।

सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा १५ दिनदेखि यता ललिता विराटनगरस्थित विराटनगर अस्पताल प्रा.लिमा बन्धक छिन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *