जमैकाकी टोनी-एन सिंहले जितिन् मिस वर्ल्डको उपाधि

‘मिस वर्ल्ड २०१९’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंहलाई विजयी घोषणा गरिएको हो ।

यस्तै मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप बनिन् । प्रतियोगितामा विश्वका १११ देशका सुन्दरीले प्रतिष्पर्धा गरेका थिए। ल

नेपाली सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पुग्न सफल भएकी थिइन् । उनले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ प्रपोज’ अवार्ड हात पारिन् ।

मिस वर्ल्ड २०१९ को उत्कृष्ट ५ मा भारत, जमैका, फ्रान्स, नाइजेरियाका र ब्राजिलका सुन्दरीहरु परेका थिए ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *