कलाकार दीपक क्षेत्रीको निधन

कलाकार दीपक क्षेत्रीको आज निधन भएको छ । काठमाडौँको कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेको चलचित्र विकास बोर्ड नेपालका अध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो ।

क्षेत्रीको शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ । उहाँ नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गर्नुहुन्थ्यो ।

उहाँले दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ । क्षेत्रीकी पत्नी विपना बस्नेत विदेश रहेकाले उहाँ आएपछि मात्रै अन्त्येष्टि गरिने जनाइएको छ ।

उहाँ श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो । रासस

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *