मिस नेपाल अनुष्का श्रेष्ठले जितिन् मल्टिमिडिया अवार्ड

डिसेम्बरमा बेलायतमा हुन गैरहेको ‘मिस वर्ल्ड’ प्रतियोगिताको ६९औ सँस्करणमा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छन्। मिस नेपाल अुनष्काले ‘हेड टु हेड’ च्यालेन्जबाट अन्तिम १० मा पुगेपछि शनिबार हुने फाइनल राउन्डका लागि उनलाई बाटो खुलेको हो।

‘हेड टु हेड’बाट अन्तिम १० मा पुगेसँगै अनुष्काले शनिबार हुने मिस वर्ल्डको फाइनल राउन्डमा शीर्ष ४० प्रतिस्पर्धीसँगै प्रतिस्पर्धा गर्नेछिन्। मिस वर्ल्डमा नेपालसहित विश्वभरबाट एक सय २५ देशका सुन्दरी सहभागी छन्। अनुष्का मिस वर्ल्डमा सहभागी हुन केही समयअघि लन्डन प्रस्थान गरेकी हुन्। मिस वर्ल्डको फाइनल प्रतिस्पर्धा डिसेम्बर १४ तारिखमा हुँदैछ।

गत वर्ष श्रृङखला खतिवडा मिस वर्ल्डमा पुगेर निकै लोकप्रिय भएकी थिइन् उनले नेपाललाई समेत मज्जैले परिचित गराउदै मल्टिमिडिया अवार्ड र ब्युटी विथ अ पर्पस अवार्ड जितेर मिस नेपालको ईतिहासमा नया रेकर्ड राखेकी थिइन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *