जाडोमा कफी

चिसो मौसममा प्रायजसो हामीले कफी खान मन पराउँछौं । यसरी कफीको सेवन गर्नाले स्वास्थ्यलाई फाइदा पनि गर्छ ।

पन्ध्रौं शताब्दी ताका अरेबियन मुलुक यमनबाट सुरु भएको कफी पिउने सँस्कृति नेपालमा पनि झ्याँगिसकेको छ । केही वर्षयता घरमा मात्रै होइन कुनै क्याफेमा बसेर कफीको चुस्की लिँदै आफ्ना मिल्ने साथीहरुसँग घन्टौं गफिने चलन पनि बढेको छ ।

कफीका पारखीहरुलाई नै मध्यनजर गरि खोलिएका क्याफेहरुमा कफीका विभिन्न भेराइटीहरु उपलब्ध हुन्छन् । क्यापेचिनो, क्याफेलाट्टे, अमेरिकानो, एस्प्रेसो लगाएतका भेराइटीहरु नेपालमा धेरै लोकप्रियय छन् ।

कफी पिउनुका फाइदाहरुः

कफीले काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसको सेवनबाट स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा हुन्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन ।

कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा पनि कफीले राम्रो गर्ने अध्ययनहरुले देखाएका छन् ।
यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयु बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।

हालसालै गरिएको एक अध्ययन अनुसार हरेक कप कफीले तपाइर्ंलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।

कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।

नियमित रुपमा कफीको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *