प्रधानमन्त्री ओलीद्वारा सागको विजेतालाई पुरस्कार घोषणा – समुहगत स्वर्ण जित्ने खेलाडी र प्रशिक्षक असन्तुष्ट

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक विजेता खेलाडीहरुलाई पुरस्कारको घोषणा गरिरहँदा समुहगत स्वर्ण जित्ने खेलाडी र प्रशिक्षक भने असन्तुष्ट देखिएका छन् ।

सरकारका तर्फबाट व्यक्तिगत तर्फ रजत जित्ने खेलाडीले पाउने पुरस्कार भन्दा पनि समुुहगत स्वर्ण जित्ने खेलाडीको पुरस्कार कम देखिएसंगै असन्तुष्टि देखिएकाे हाे । समुहगत तर्फ रजत र कास्य जित्ने खेलाडीका लागि कुनै घोषणा नै नभएपछि खेलाडी र प्रशिक्षक निराश बनेका छन् ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक जित्ने खेलाडीहरुलाई नगदसहितको पुरस्कारको घोषणा गरे। सागमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९, रजत जित्नेलाई ६, कास्य जित्नेलाई ३ लाख र एकभन्दा बढी स्वर्ण जित्नेलाई ११ प्रदान गरिने घोषणा गरियाे । तर, टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीका लागि भने प्रतिब्यक्ति ५ लाख दिने घोषणा गरेको छ । टिम ईभेन्टमा रजत र कास्य जित्ने खेलाडीका लागि भने पुरस्कारको घोषण नै गरिएको छैन् । जसका कारण १३ औँ सागमा टिम इभेन्टतर्फ पदक जित्ने खेलाडीहरु असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्रीको नगद सहितको पुरस्कारमा आफ्नो धारणा राख्दै राष्ट्रिय फुटबल टिमका कप्तान सुजल श्रेष्ठले भने, सरकारले टिम इभेन्टलाई उपेक्षा ग¥यो, व्यक्तिगत खेलाडीको रजत भन्दा पनि टिमको गोल्ड जित्ने खेलाडीलाई पुरस्कार रकम कम घोषणा हुनु र इभेन्ट तर्फका अन्य पदक जित्ने खेलाडीकाे पुरस्कार रकम नै अन्याैल हुनुले हामी जस्तो टिम इभेन्ट खेलाडीलाइ उपेक्षा गरेकाे जस्ताे महसुस भएकाे छ । उनले भने याे त हामी जस्ताे टिम इभेन्ट खेलाडीकाे लागि दुर्भाग्य हो ।त्यस्तै बास्केटबल, भलिबल जस्ता टिम इभेन्ट खेल्ने खेलाडी पनि असन्तुष्ट देखिएका छन् ।

यता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल स्वयम पुरस्कारको विषयमा अन्यौँल देखिय । तर, घोषणा गरिएको पुरस्कार भने एकमहिना भित्रै उपलब्ध गराउने उनले बताए । १३ औं सागमा घरेलु मैदानमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांश्य पदक जितेको थियो । जुन नेपालका लागि सागका ईतिहासकै ऐतिहासिक उपलब्धी पनि हो । तर, राष्ट्रको लागि पदक दिलाउने खेलाडीहरुलाई सरकारले कैसालाई काखा र कैसैलाई पाखाँ लगाउँन खोज्दा खेलाडीहरुको उच्च मनोबलमा हस आएको छ ।

त्यस्तै पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने बताइएको छ । तर, प्रशिक्षक पनि सरकारको यो घोषणबाट सन्तुष्ट देखिएनन् । घरेलु मैदानमै भएको सागमा खेलाडीले ऐतिहासिक सफलता हात पारे पनि अपेक्षा अनुसारको पुरस्कार नपाएको गुनासो प्रशिक्षकको छ । यता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल स्वमं पनि पुरस्कारको विषयमा अन्यौँल देखिएका छन् । तर, घोषणा गरिएको पुरस्कार भने एकमहिना भित्रै उपलब्ध गराउने उनले बताए ।

१३ औं सागमा घरेलु मैदानमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांश्य पदक जितेको थियो । जुन नेपालका लागि सागका ईतिहासकै ऐतिहासिक उपलब्धी पनि हो । तर, राष्ट्रको लागि पदक दिलाउने खेलाडीहरुलाई सरकारले कैसालाई काखा र कैसैलाई पाखाँ लगाउँन खोज्दा खेलाडीहरुको उच्च मनोबलमा ह्रास आएको छ ।

तस्वीरः कृष्णकुमारी चौलागाईं

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *